बुधबार, भदौ ३, २०८३

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

माघ २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको जानकारी दिएका छन्।

केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था’ का छलफल गर्ने एजेन्डा रहेको थियो। तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठक स्थगित गर्नुपरेको माओवादीले जनाएको छ।

यस्तै कोरोना खोजिम कायमै रहेकाले समेत बैठक स्थगित गर्नु परेको ढकालले बताए। ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लङ्घन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो।’ अब बैठक कहिले बस्ने भन्ने बारे तय भइसकेको छैन।

प्रकाशित: Feb 11, 2022| 06:37 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...