शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफा ब्रेकले तंग्रिएका क्लबबीच शीर्षदेखि रेलिगेसन जोनसम्मै चर्को प्रतिस्पर्धा

फिफा ब्रेकले तंग्रिएका क्लबबीच शीर्षदेखि रेलिगेसन जोनसम्मै चर्को प्रतिस्पर्धा

गोल किपिङदेखि अग्रपंक्तिसम्म नै सबै क्लबहरुले ‘रिभ्यू’ गर्ने अवसर विन्डोमा पाए। अघिल्ला चरणमा कस्ता गल्तीहरु भए भनेर अध्ययन गर्न क्लबहरुलाई २३ दिन पर्याप्त रह्यो।
 |  शुक्रबार, माघ २८, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, माघ २८, २०७८

vianetvianet

काठमाडौं– सिजनबीचको फिफा अन्तर्राष्ट्रिय फुटबल विन्डो ब्रेक सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबहरुका लागि तीन कारणले महत्वपूर्ण रह्यो। २३ दिनको यो ब्रेकमा क्लबहरुले आफ्ना पुराना गल्तीहरुलाई पहिचान गर्ने प्रशस्त अवसर पाएका छन्। यो महत्वपूर्ण तीनमध्येको पहिलो कारण हो।

triton college

गोल किपिङदेखि अग्रपंक्तिसम्म नै सबै क्लबहरुले ‘रिभ्यू’ गर्ने अवसर विन्डोमा पाए। अघिल्ला चरणमा कस्ता गल्तीहरु भए भनेर अध्ययन गर्न क्लबहरुलाई २३ दिन पर्याप्त रह्यो। ‘हामीले यो विन्डोमा हाम्रा कमीकमजारी औंल्याएका छौं,’ ब्रिगेड ब्वाइज क्लब(बिबिसी)का सहायक प्रशिक्षक समिर विष्टले भने।

उनले जस्तै सबै क्लबले पनि आफ्नो गल्ती पत्ता लगाउने काम गरे। गल्ती पत्ता लगाएपछि त्यसलाई सुधार गर्न आवश्यक हुन्छ। त्यसका लागि पनि लिगको ब्रेक महत्वपूर्ण रह्यो।

अहिलेसम्म तालिकाको पुछारमा रहेको र एक खेलमा पनि जित निकाल्न नसकेको फ्रेन्ड्स क्लबले त खेलाडी नै थप गरेको छ। त्यसो त लिगका हरेक खेलमा केही नयाँ गरिरहेको वा नयाँ खेलाडी उतारिरहेको फ्रेन्ड्स क्लबले १० औं चरणको सुरुमा पनि नयाँ खेलाडी खेलाउने भएको छ।

‘हाम्रो कप्तान प्रकाश बुढाथोकी ठिक भएका छैनन्। तर हामीले १० औं चरणमा जसरी पनि जित्नुपर्ने छ। एक दुई जना नयाँ खेलाडी पनि थपिएका छन्। उमेर समूहमा खेलिसकेका खेलाडी हामीले थप गरेका छौं,’ फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले भने।

National life insurance

नयाँ खेलाडी ल्याएको फ्रेन्ड्सले मात्र हो। बाँकी क्लब भने पुरानै खेलाडीसँग खेलिरहेका छन्। यता मछिन्द्र क्लबले भने एएफसी कपको छनोटका लागि केही राम्रा विदेशी खेलाडीलाई हेरिरहेको छ।

गोल किपिङदेखि अग्रपंक्तिसम्म नै सबै क्लबहरुले ‘रिभ्यू’ गर्ने अवसर विन्डोमा पाए। अघिल्ला चरणमा कस्ता गल्तीहरु भए भनेर अध्ययन गर्न क्लबहरुलाई २३ दिन पर्याप्त रह्यो।

शुक्रबारबाट लिगको १० औं चरणका खेलहरु सुरु हुँदा क्लबहरुको अन्तिम रणनीति कस्तो हुने भन्ने देखिँदै जानेछ। लिगमा पहिलो पटक गरिएको फिफा विन्डो ब्रेकपछि चार खेल बाँकी छन्।

ब्रेक पाएपछि क्लबहरुले सुरुका एक हप्तादेखि १५ दिनसम्म खेलाडीलाई रिफ्रेसमेन्ट ब्रेक दिएका थिए। त्यो ब्रेकबाट रिफ्रेस भएर नयाँ जोशका साथ खेलाडी आएको सबैजसो क्लबका प्रतिनिधिले बताए। ‘खेलाडीहरुको माइन्ड फ्रेस भएको छ। अहिले ब्रेकले गर्दा मैदान पनि राम्रो बनेको छ। अब नयाँ जोशका साथ खेल्न हामी उत्साहित छौं,’ १० औं चरणअघि आयोजित पत्रकार सम्मेलनमा हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले भने।

यो ब्रेकले केही खेलाडी चोटबाट फर्किनका लागि पनि सहयोग गरेको छ। आर्मीका सन्तोष तामाङलाई पनि ब्रेक सुरु हुनुभन्दा दुई हप्ताअघि चोट लागेको थियो। त्यसपछि उनले दुई खेल गुमाएका थिए। ‘उतिबेलाका घाइते खेलाडी सन्तोष तामाङ अहिले ठिक भएका छन्। राष्ट्रिय टिममा रहँदा उनको राम्रो रिह्याब भएको छ,’ आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भने।


ब्रेक केही समय चले पनि सबै खलाडी ठिक भइसकेका छैनन्। आर्मीकै दिनेश हेन्जनको ब्याक इन्ज्युरी भएका कारण अपरेसन भएको छ। उनी रेस्टमै छन्। सुदिल राई र नवयुग श्रेष्ठ पनि फिट भएका छैनन्।

यता थ्रीस्टारको पनि उस्तै समस्या छ। ‘मुख्य डिफेन्डर अनन्त तामाङ अभ्यासमा आए पनि चोट निको भइसकेको छैन। त्यसमाथि यो हप्ता निकै महत्वपूर्ण खेल छ। उनी खेल्न सक्छन् वा सक्दैनन् भन्ने खेलको दिन बिहानसम्म फिजियोले दिने सुझावमा भर पर्छ। हामी फिजियोसँग सल्लाह गरेर हेर्नेछौं। साथै कप्तान विक्रम लामाको पनि ढाडको समस्या देखिएको छ। त्यो भएकाले उनी पनि खेल्न सक्दैनन्,’ थ्रीस्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भने।

ब्रेक केही समय चले पनि सबै खलाडी ठिक भइसकेका छैनन्। आर्मीकै दिनेश हेन्जनको ब्याक इन्ज्युरी भएका कारण अपरेसन भएको छ। उनी रेस्टमै छन्। सुदिल राई र नवयुग श्रेष्ठ पनि फिट भएका छैनन्।

कोभिडको महामारी देशभरि र काठमाडौंमा अझै बाँकी नै छ। तर क्लबमा अहिले त्यसको असर कम भएको छ। अहिले खेलको चोट बाहेक खेलाडीहरु अतिरिक्त बिरामी भएका छैनन्।

च्यासल, संकटा, पुलिस र मनाङका प्रतिनिधि उपस्थित नभएको प्रिम्याच कन्फरेन्समा प्रशिक्षकले आफ्नो खेलाडीमा कोभिड भएको बताएका छैनन्। पछिल्लो समय च्यासलका खेलाडीमा कोभिडको समस्या देखिएपछि च्यासल र पुलिसको खेल नै स्थगित भएको थियो।

त्यो खेल गएको बुधबार सम्पन्न भएपछि लिगको नवौं चरण सकिएको थियो। अहिले सबै क्लबहरु बाँकी रहेको चार खेलको तयारीका साथ लिगमा फर्किएका छन्। अधिकांश क्लबहरु अहिले आफ्नो अन्तिम स्थान के हुने भन्नेमै केन्द्रित रहेका छन्।


 शीर्षदेखि रेलिगेसन जोनसम्मै चर्को प्रतिस्पर्धा

फिफा विन्डोमा क्लबहरुले अब लिगमा आफ्नो स्थान कस्तो हुने भन्ने मोटामोटी आकलन पनि गरिसकेका छन्। उपाधि दावेदारीदेखि रेलिगेसनबाट बच्ने लक्ष्यका साथ टिमहरु अब मैदानमा उत्रिने लक्ष्य राखेका छन्।

बिहीबार दिउँसो दशरथ रंगशालामा आयोजित प्रिम्याच कन्फरेसलाई केलाउने हो भने अब लिगमा भीषण प्रतिस्पर्धा हुने पक्कापक्की छ, जहाँ उपाधि दावेदारदेखि रेलिगेसको फाइट पनि पेचिलो बन्नेछ।

‘टेबल हेर्ने हो भने एक खेल मिस, सबै फिनिस्ड हुने स्थिति छ। फिनिस्ड यस अर्थमा कि हार बेहोरेमा टिम तालिकामा तल खस्नेछ। ६ स्थानदेखि तलको टिमलाई गाह्रो छ,’ हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईको धारणा छ।

अहिले तीन अंकका साथ फ्रेन्ड्स क्लब तालिकाको पुछारमा छ। उसले तीन खेल बराबरी गर्नुबाहेक बाँकी सबै खेलमा हार बेहोरेको छ। अब उसले १० औं चरणमा १२ औं स्थानको बिबिसीसँग खेल्दैछ। ‘बिबिसीविरुद्धको खेल हाम्रो लागि लिगकै महत्वपूर्ण छ। जसरी पनि जित्नुपर्ने छ। हार्यो भने त ९९ प्रतिशत रेलिगेसनमा पर्ने सम्भावना छ,’ फ्रेन्ड्सका प्रशिक्षक मिश्रले भने।

रेलिगेसन ब्याटलकै कुरा गर्ने हो भने पनि बिबिसीलाई यो खेल चुनौतिपूर्ण नै छ। ‘फ्रेन्ड्सविरुद्धको खेला फाइनलजस्तै हो। लामो समय तयारीले सुधार पनि भएकोे छ। जितबाहेक अन्य विकल्प छैन,’ उनले भने।

बिहीबार दिउँसो दशरथ रंगशालामा आयोजित प्रिम्याच कन्फरेसलाई केलाउने हो भने अब लिगमा भीषण प्रतिस्पर्धा हुने पक्कापक्की छ, जहाँ उपाधि दावेदारदेखि रेलिगेसको फाइट पनि पेचिलो बन्नेछ।

यता उपाधिको प्रवल दाबेदार मछिन्द्र र रेलिगेसन जोनमा संघर्ष गरिरहेको च्यासल यो चरणमा भिड्दैछन्। रेलिगेसनबाट जोगिन च्यासललाई जित त जरुरी छ नै, उपाधि यात्रालाई सहज बनाउने मछिन्द्रलाई पनि यो खेल उत्तिकै महत्वपूर्ण छ।

अहिले पाँच अंकका साथ च्यासल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने २३ अंकका साथ मछिन्द्र तालिकाको शीर्षस्थानमा छ। ‘ब्रेकबाट तयार भएर आएका छौं। राष्ट्रिय टिममा गएर फर्किएका खेलाडीले पनि राम्रो गरिरहेका छन्। यो चरणको खेल मत्वपूर्ण छ। मनाङ र थ्रीस्टार भिड्दैछन्। उनीहरुको खेलले पनि हाम्रो उपाधि यात्रा कस्तो हुने भन्नेमा अर्थ राख्नेछ,’ मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन्।

आउँदो शनिबार साँझ लिगमा निकै रोमाञ्चक खेल हुँदैछ। त्यो खेलमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ। अहिले तालिकामा १९ अंक भएको मनाङ मछिन्द्रभन्दा चार अंकले पछि परेर दोस्रो स्थानमा छ।


त्यस्तै, १६ अंकका साथ थ्रीस्टार चाहिँ तालिकाको चौथो स्थानमा छ। त्यसैले सो खेलमा थ्रीस्टारले मनाङलाई हराएमा र मछिन्द्रले च्यासललाई हराएमा मछिन्द्रले शीर्षस्थानमा अंकदूरी बढाउनेछ। त्यसपछि उसलाई लिग जित्न पनि सजिलो हुनेछ। स्पष्ट नभने पनि यहि कुरालाई प्रशिक्षक कटुवालले इंगित गरेका छन्।

यता थ्रीस्टारका प्रशिक्षक उर्जन पनि मनाङलाई हराउन महत्वाकांक्षी छन्। तर उनले निकट प्रतिद्वन्द्वी मनाङविरुद्ध पहिलो पटक खेलाउँदा उनलाई चुनौति भने पक्कै हुनेछ। ‘मनाङ राम्रो टिम नै हो। हाम्रो पनि राम्रो टिम छ। यी दुई टिमको बराबरी नै हुन्छ। लिगमा अपराजित संकटालाई हराइसकेका छौं। इतिहास हेर्दा थ्रीस्टारले मनाङलाई धेरै पटक हराएको रहेछ। अब मनाङलाई हराएर टप चारबाट माथि जाने कोसिस गर्नेछौं,’ उर्जनले भने।

आउँदो शनिबार साँझ लिगमा निकै रोमाञ्चक खेल हुँदैछ। त्यो खेलमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ। अहिले तालिकामा १९ अंक भएको मनाङ मछिन्द्रभन्दा चार अंकले पछि परेर दोस्रो स्थानमा छ।

त्यसैले अहिले शीर्षस्थानको ब्याटल पनि बलियो बन्दै गएको देखिन्छ। यो कुराले मनाङलाई भने दबाब दिन्छ नै। त्यति मात्र होइन, आर्मी पनि मछिन्द्र र मनाङको खेललाई हेरेर उनीहरुले कहिँ गल्ती गरेको अवस्थामा आफू अघि बढ्ने दाउमा रहेको प्रशिक्षक राजु तामाङले बताएका छन्।

‘लिगको फिनिसिङका बारेमा कुरा गर्दा अहिले हामी मछिन्द्रभन्दा ६ अंकले पछि छौं। बाँकी खेलमा १०० प्रतिशत निकाल्ने हाम्रो लक्ष्य छ। शीर्षमा पुगिएला भन्ने कुरामा चाहिँ अघि रहेका टिमको प्रदर्शनमा भर पर्छ। अघि रहेका टिम भन्नाले मनाङ र मछिन्द्र,’ तामाङले भने।

लिगमा ‘मिडल टेबल’मा पनि उस्तै प्रतिस्पर्धा छ। जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले लिगको चौथो स्थानमा पुग्नका लागि कोसिस गरिरहेका छन्। जावलाखेलको लक्ष्य त सुरुबाटै त्यो नै थियो। तर सातदोबाटोका प्रशिक्षक मेघराज केसीले यसअघि लक्ष्य बताएका थिएनन्। उनले बिहीबार भने चौथो स्थानका लागि अब फाइट गर्ने बताएका छन्। अहिले थ्रीस्टार चौथो स्थानमा छ। सातदोबाटो सातौं र जावलाखेल १० औं स्थानमा छन्।


उनीहरु चौथो क्लब भन्दा क्रमशः चार र आठ अंकले पछि छन्। ‘हामीले चाहिँ यतिबेला एउटा लिगमा टिमको स्तर खडा गर्ने बेला भएको छ। यति खेलिसकेपछि शीर्ष पाँचमा टिम पुग्छ भन्ने लागेको छ। तर हामी हामी शीर्ष चारमा पुग्नका लागि कोसिस गर्नेछौं,’ सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने।

पोखरा रंगशालामा सम्पन्न आहा रारा गोल्डकपमा पहिलो पटक उपाधि जितेको विभागीय टिम एपीएफ यो ब्रेकको सबैभन्दा सफल क्लब बन्यो। मनाङ, आर्मी, मछिन्द्र, थ्रीस्टारजस्ता क्लब सहभागी बनेको नकआउट प्रतियोगिताको उपाधि जित्नु एपीएफका लागि निकै विशेष कुरा हो। तर उसले लिगमा खास राम्रो भने गर्न सकेको छैन। पछिल्लो सिजन पनि रेलिगेसनबाट मुश्किलले बचेको एपीएफ अहिले नवौं स्थानमा छ। ऊ अब मिडल टेबलमा चारदेखि आठौं कुनै पनि स्थानमा रहेर लिग सम्पन्न गर्ने दाउमा छ।

‘हाम्रो टिम दैनिक राम्रो हुँदै गइरहेको टिम हो। खेलाडीको मनोबल पनि उच्च छ। एपीएफले २०६४ सालमा पहिलो पटक आहा राराको फाइनल पुगेर हारेको थियो। तर यो वर्ष हामीले जित्यौं,’ एपीएफका सहायक प्रशिक्षक रत्नकाजी महर्जन भन्छन्, ‘त्यसले गर्दा खेलाडी मोटिभेट छन्। पछिल्ला १३ मध्ये १० खेल हारेको छैन। त्यसले पनि सकारात्मक उर्जा थपेको छ। हामी जित्न सक्छौं भन्ने प्रेरणा आएको छ। लिगको फिनिसिङको कुरा गर्दा चारदेखि आठसम्म कुनै स्थानमा जान सकिने अवस्था देख्छु।’

प्रकाशित: Feb 11, 2022| 07:24 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।