बुधबार, भदौ ३, २०८३

कांग्रेस कार्यसम्पादन : कुन-कुन विषयमा हुँदैछ छलफल?

यस्तै १६ जिल्लाको अधिवेशन, केन्द्रीय अनुशासन समिति गठन र १४औँ महाधिवेशनमा थाती राखिएका तथा नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा पनि छलफल हुने एजेन्डा पेस गरिएको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारदेखि सुरु भएको छ। बिहीबारका लागि सकिएको बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्नेछ। 

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनको स्वागत गरिएको छ। 

बैठकमा स्थानीय तह निर्वाचन मूल तयारी समितिको संयोजक र घोषणापत्र तयारी समितिको संयोजक तोक्ने प्रस्ताव पेस गरिएको छ। 

यस्तै संगठन सदृढीकरण एवं निर्वचन यतारी केन्द्रित राष्ट्रव्यापी अभियान अघि बढाउने विषयमा पनि छलफल हुनेछ। 

यस्तै भातृ एवं शुभेच्छुक संस्थालाई समेत क्रियाशील गराउने विषयमा छलफल भइरहेको छ। नयाँ भातृ संस्थालाई मान्यता दिने र केही भातृसंस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा पनि छलफल हुने एजेन्डा महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा पेस गरेका छन्। 

यस्तै १६ जिल्लाको अधिवेशन, केन्द्रीय अनुशासन समिति गठन र १४औँ महाधिवेशनमा थाती राखिएका तथा नयाँ क्रियाशील सदस्यता वितरणका विषयमा पनि छलफल हुने एजेन्डा पेस गरिएको छ। 

प्रकाशित: Feb 10, 2022| 20:11 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...