बुधबार, भदौ ३, २०८३

लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष र सचिव कांग्रेस प्रवेश

नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र अग्रहरी र जिल्ला सचिव जयप्रकाश सहनीलाई सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन्। अग्रहरी नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका वरिष्ठ उपाध्यक्ष र सचिव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा सानेपामा उनीहरूलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका हुन्।

नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र अग्रहरी र जिल्ला सचिव जयप्रकाश सहनीलाई सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन्। अग्रहरी नेपाल उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष एवं २०७४ को प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन्। 

यस्तै लोसपाकै मनोजकुमार गिरी र केन्द्रीय महिला विभागमा आबद्ध माया अग्रहरिलाई पनि सभापति देउवाले पार्टीमा भित्र्याएका छन्। 

यसैगरी नेकपा एमाले रामग्राम नगर समिति सदस्य धिरज शर्मा पनि कांग्रेस प्रवेश गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

प्रकाशित: Feb 10, 2022| 19:26 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...