शुक्रबार, फागुन २२, २०८२

ए डिभिजन लिग : शुक्रबारदेखि सुरु हुँदै दसौँ चरण

सहिद स्मारक ए डिभिजन लिगको दसौँ चरण शुक्रबारबाट सुरु हुने भएको छ। शुक्रबार रेलिगेसनको पुछारमा रहेको फ्रेन्ड्स र अर्को क्लब ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको दसौँ चरण शुक्रबारबाट सुरु हुने भएको छ। शुक्रबार रेलिगेसनको पुछारमा रहेको फ्रेन्ड्स र अर्को क्लब ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ। 

दुवै टोली मैदान उत्रिँदा दुवैलाई रेलिगेसनबाट बच्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ। बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन्। 

तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भए जस्तै आफ्नो टोली रेलिगेसनबाट बच्न तीन अंक आवश्यक भएको बताएका थिए। 

यस्तै रेलिगेसन क्षेत्रको दोस्रो स्थानमा रहेको ब्रिगेड ब्वाईज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ। किनभने ब्रिगेडलाई पनि रेलिगेसन क्षेत्र टार्न संघर्ष गर्नुपरेको छ। 'विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जित बाहेकको विकल्प छैन,' ब्रिगेड ब्वाइजका प्रशिक्षक समीर विष्टले भने। 

दसौँ चरण अन्तगर्तको अर्को खेलमा थ्रीस्टारले बलियो मनाङ मर्स्याङ्दीविरुद्ध खेल्दैछ। अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टारलाई पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदैछ। चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए। 

kumari

अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकोले तीन अंक खोस्नका लागि खेल्ने बताएका थिए।

दशौँ चरणको लिग अन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्नेछ। मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग अग्रता तीन अंक भन्दा बढी मिल्दा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने उल्लेख गरे। 

लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ। मनाङ भन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीन भित्र अटाउने रणनीतिका साथ आउँदा खेलमा प्रतिस्पर्धा बढेको छ। 

प्रकाशित: Feb 10, 2022| 18:40 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।