काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमनमा बिहीबारबाट अभ्यास सुरु गरेको छ। मंगलबार राति ओमन प्रस्थान गरेको नेपाली टिमले बुधबारको आरामपछि अभ्यास थालेको हो।
नेपालले शुक्रबार पहिलो खेल खेल्दैछ। ओमनमा आयोजक देशसँग नेपालले पहिलो खेल खेल्ने भएको हो। त्यसको लागि नेपालले आज तयारी गरेको छ।
नेपालले शुक्रबार ओमनसँग साँझ पौने ५ बजेबाट खेल्नेछ। यो चार देशीय सिरिजअन्तर्गतको खेल हो। यो सिरिजपछि नेपालले टी २० विश्वकप छनोट खेल्नेछ।