बुधबार, भदौ ३, २०८३

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ। फागुन मसान्तभित्र स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णयसमेत पार्टीले गरेको छ।

आज बसेको पदाधिकारी बैठकले सो निर्णय लिएको हो। बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए। राप्रपाले  फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ।

बैठकले समान विचार भएकाहरूसँग एकता तथा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षासमेत गरेको थियो। जारी वार्तालाई निरन्तरता दिँदै थप समूह, व्यक्ति वा दलसँग एकता र सहकार्यका लागि बैठकले आह्वान गरेको छ। राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी तथा सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणामा पार्टी अविचलित रहेको जनाएको छ।

‘यसमा जुनसुकै अवस्थामा समेत कसैसँग सम्झौता हुन सक्दैन भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ। यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ,’ बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको वैठक फागुन ११ मा बस्ने भएको छ।

पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेपछि पहिलोपटक पदाधिकारी बैठक बसेको हो। बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीका साथै सबै पदाधिकारी उपस्थित थिए।

प्रकाशित: Feb 10, 2022| 17:41 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...