शुक्रबार, फागुन २२, २०८२

मोरिससलाई जितेपछि फिफा वरीयतामा दुई स्थान उक्लियो नेपाल

फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ। बिहीबार सार्वजनिक भएको फिफा वरीयताअनुसार नेपाल १६९ स्थानबाट उक्लेर १६७औं स्थानमा पुगेको छ। 

यही १५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा नेपालले मोरिससलाई पराजित गरेको थियो। त्यसैको प्रभाव फिफा वरीयतामा परेको हो। नेपालले पहिलो खेल विमल घर्ती मगर र दोस्रो खेल सुजल श्रेष्ठको गोलको मद्दतले आफ्नो पक्षमा पारेको थियो।

यसले आउँदो एसियन कप छनोटमा सहयोग गर्नेछ। नेपालभन्दा अघि एसियाको सिंगापुर १६१ औं स्थानमा छ भने नेपालपछि कम्बोडिया १७१ औं स्थानमा छ।

यता यही विन्डोमा नेपालसँग खेलेको मोरिससको वरीयता भने पाँच स्थान खस्किएको छ। मोरिसस १७१ औं स्थानबाट १७६ औं स्थानमा पुगेको हो।


kumari

प्रकाशित: Feb 10, 2022| 16:22 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।