काठमाडौं– फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ। बिहीबार सार्वजनिक भएको फिफा वरीयताअनुसार नेपाल १६९ स्थानबाट उक्लेर १६७औं स्थानमा पुगेको छ।
यही १५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा नेपालले मोरिससलाई पराजित गरेको थियो। त्यसैको प्रभाव फिफा वरीयतामा परेको हो। नेपालले पहिलो खेल विमल घर्ती मगर र दोस्रो खेल सुजल श्रेष्ठको गोलको मद्दतले आफ्नो पक्षमा पारेको थियो।
यसले आउँदो एसियन कप छनोटमा सहयोग गर्नेछ। नेपालभन्दा अघि एसियाको सिंगापुर १६१ औं स्थानमा छ भने नेपालपछि कम्बोडिया १७१ औं स्थानमा छ।
यता यही विन्डोमा नेपालसँग खेलेको मोरिससको वरीयता भने पाँच स्थान खस्किएको छ। मोरिसस १७१ औं स्थानबाट १७६ औं स्थानमा पुगेको हो।