बुधबार, भदौ ३, २०८३

सानेपामा नेविसंघको प्रदर्शन, पत्रकारलाई प्रवेश रोक

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्। संघको महाधिवेशन तत्काल हुनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको ‘म्यान्डेट’ दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरूको माग छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई उनीहरूले संघलाई अन्योलमा नराख्न आग्रह गरेका छन्। पार्टीका भ्रातृ संगठनलाई निस्क्रिय नबनाउन ध्यानाकर्षण गराइएको उनीहरुको भनाइ छ। लामो समयदेखि नेविसंघको अधिवेशन हुनसकेको छैन ।

यसैबीच, प्रहरीले कांग्रेस मुख्य कार्यालय सानेपा प्रवेशमा रोक लगाएको छ। कार्यालय परिसरमा धर्ना र प्रदर्शन भएपछि सुरक्षाकर्मीले पत्रकारलाई रोकेको हो। 

प्रकाशित: Feb 10, 2022| 15:52 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...