बुधबार, भदौ ३, २०८३

कमल थापा राप्रपामै फर्कनेमा आशावादी छु : पशुपति शमशेर जबरा

थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्वअध्यक्ष राणाको भनाइ छ। पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको राणाले उल्लेख गरे।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले पार्टी परित्याग गर्ने घोषणा गरेका पूर्वअध्यक्ष कमल थापा फर्कनेमा आशावादी भएको बताएका छन्। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वअध्यक्ष शमशेरले यस्तो बताएका हुन्। 

थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको पूर्वअध्यक्ष राणाको भनाइ छ। पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको राणाले उल्लेख गरे। 

'यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासो सार्वजनिक भइसकेको थियो। तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ। त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ,' राणाले भने, 'अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो। तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ। उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ।’

पूर्वअध्यक्ष राणाले अब हुने तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए।

प्रकाशित: Feb 10, 2022| 14:30 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...