शुक्रबार, फागुन २२, २०८२

बेइजिङ ओलम्पिक : जर्मनी पहिलो पटक शीर्षस्थानमा

उसले अहिलेसम्म महिला दुवाथलन १५ किमी, लुगको डबलका साथै महिला र पुरुषतर्फको सिंगलमा र १० किमी नर्डिक कम्बाइन्ड एकल गुन्डेर्सेन नर्मल हिलमा समान १-१ स्वर्ण जितेर पाँच विधामा स्वर्ण पुरा गरेको हो।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- चीनमा जारी बेइजिङ ओलम्पिक २०२२ मा पहिलो पटक जर्मनी शीर्षस्थामा उक्लिएको छ। फेब्रुअरी चार तारिखबाट सुरु भएको शीतकालिन ओलम्पिकमा जर्मनीले अहिलेसम्म पाच विधामा स्वर्ण पदक हात परेको छ।

उसले अहिलेसम्म महिला दुवाथलन १५ किमी, लुगको डबलका साथै महिला र पुरुषतर्फको सिंगलमा र १० किमी नर्डिक कम्बाइन्ड एकल गुन्डेर्सेन नर्मल हिलमा समान १-१ स्वर्ण जितेर पाँच विधामा स्वर्ण पुरा गरेको हो।

त्यस्तै, दोस्रो र तेस्रो स्थानको नर्वे र स्विडेनले समान ४-४ स्वर्ण जितेका छन्। नर्वेले दुवाथलनमा दुई स्वर्ण जितेको छ भने क्रस कन्ट्री स्काइकिङ र फ्रिस्टाइल स्काइकिङमा समान १-१ स्वर्ण हात परेको छ। त्यस्तै, चार स्वर्णसहित सात पदक निजतेको स्विडेन भने तेस्रो स्थानमा छ।

स्विडेनले अल्पाइन स्काइकिङ, क्रस कन्ट्रि स्काइकिङ, फ्रिस्टाइल स्काइकिङ र स्पिड स्केटिङमा समान १-१ स्वर्ण जितेको हो। त्यस्तै, नेदरल्यन्ड्स, चीन र अमेरिकाले अहिलेसम्मसमान ३-३ स्वर्ण जितिसकेका छन्।

अहिलेसम्म सर्वाधिक धेरै पदक जित्नेमा चाहिँ रसियन ओलम्पियक कमिटी नै कायम छ। उसले दुई स्वण, तीन रजत र ट काश्यक गरि सबैभन्दा धेरै ११ पदक जितेको हो। नर्वे र अष्ट्रियाले भने समान १०-१० पदक जितेका छन्।

kumari

अमेरिकाले अहिलेसम्म ९ पदक जितेको छ भने शीर्षस्थानको जर्मनीले आठ पदक जितेको छ। जर्मनीले पाँच स्वर्णका साथ तीन रजत जितेको हो।

यो ओलम्पिक फेब्रुअरी २० तारिखसम्म चल्नेछ। ओलम्पिकमा स्वर्ण जित्ने देशको संख्या १७ पुगेको छ। जहाँ चार देशल दोहोरो स्वर्ण जितेका छन् भने सातदेशले एक-एक स्वर्ण जितेका छन्।

प्रकाशित: Feb 10, 2022| 13:15 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।