शुक्रबार, फागुन २२, २०८२

मछिन्द्रले चैत २२ मा ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने

मछिन्द्रले श्रीलंकाको लिग विजेता ब्लु स्टारसँग प्रिलिमिनर चरणको पहिलो खेल चौत २२ मा घरेलु मैदानमा खेल्न लागिएको एफसीले जानकारी दिएको हो।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- पहिलो पटक एएफसी छनोट खेल्न पाएको सहिद स्मारक ए डिभजिन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लबले प्रिलिमिनर राउन्डको पहिलो खेल दशरथ रंगशालामा खेल्ने भएको छ।

मछिन्द्रले श्रीलंकाको लिग विजेता ब्लु स्टारसँग प्रिलिमिनर चरणको पहिलो खेल चौत २२ मा घरेलु मैदानमा खेल्न लागिएको एफसीले जानकारी दिएको हो।

एसियाली फुटबल महासंघ (एएफसी) नेपाल र मछिन्द्रको खेल स्थान र समय आज(विहिबार) पक्का गरेको हो। मछिन्द्र र ब्लु स्टारकोखेल पाँच बजेबाट सुरु हुनेछ।

एएफसी छनोट र सहिद स्मारक ए डिभिजन लिग समापनको समयमा तालमेल नमिलेपछि लिगको सातौं राउन्डसम्मको विजेताले एएफसी छनोट खेल्न पाउने एन्फाले जनाएको थियो। सोहि नियमअनुसार उसले छनोट खेल्न पाउने भएको हो। यदी उसले पहिलो खेलमा जित निकालेको अवस्थामा दोस्रो चौत २९ गते भारतिय क्लब मोहन बगानमो सामना गर्नेछ।

त्यस्तै, त्यो खेलमा जित निकालेको अवस्थामा नेपालले एएफसी कपको समूह चरणमा स्थान बनाउनेछ। एएफसी कप एएफसी अन्तर्गतको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता हो।

kumari

यदी मछिन्द्रले दुवै खेलमा जित निकालेमा उसले समूह डीमा स्थान बनाउनेछ। समूह डि मा यसअघि नै भारतको गोलुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्को माजिया स्पोर्टसले स्थान बनाइसकेका छन्।

प्रकाशित: Feb 10, 2022| 13:00 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।