काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।
शीर्ष नेताबीच एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दियो। दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दाहाल र नेपालले भने तत्काल एमसीसी पास गर्न नसकिने अडान राखेका थिए। अझै केही समय लिएर स्थानीय तहको चुनावपछि मात्र प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको धारणा थियो।
प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएको बताइएको छ।