बुधबार, असोज १४, २०८३

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९०० थियो।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० ले बढेर ९३ हजार ९०० पुगेको छ। पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९०० थियो।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० कायम रहेको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Feb 10, 2022| 12:15 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्