सोमबार, फागुन १८, २०८२

दार्चुला घटनाको छानबिन टोली हेलिकोप्टर चढेर घटनास्थल पुग्यो

गत शुक्रबार तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला सदरमुकाम खलंगामा रहेको गृह मन्त्रालयको टोली आज नेपालतर्फको घटनास्थल व्याँस गाउँपालिका–२ मालगाउँ पुगेको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

धनगढी– गत शुक्रबार तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला सदरमुकाम खलंगामा रहेको गृह मन्त्रालयको टोली आज नेपालतर्फको घटनास्थल व्याँस गाउँपालिका–२ मालगाउँ पुगेको छ। 

टोलीले हिजो भारततर्फको घटनास्थल निरीक्षण गरेर सदरमुकाम फर्किएको थियो। नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली हेलिकप्टरमार्फत मालगाउँ पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।

हिजो गृह मन्त्रालयका सहसचिव छानबिन टोलीका संयोजक जनार्दन गौतम नेतृत्वको छानबिन टोली भारतको धारचुला हुँदै गस्कु–मालघाट पुगेको थियो। 

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन्।

हिजो भारततर्फको घटनास्थल पुगेको टोलीले भारतीय सीमा सुरक्षा बल एसएसबीसहित भारतीय सडक हुँदै घटनास्थल पुगेको नेपाली छानबिन समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको थियो। यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। 

kumari

महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ। भारततर्फ टुडीको रूख छ। तर, दुवैतर्फ तार छैन। रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको बताइएको छ। महाकाली नदी वारिपारि झण्डै ४५ मिटर रहेको बताइएको छ।

प्रकाशित: Aug 06, 2021| 14:35 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।