बुधबार, भदौ ३, २०८३

प्रचण्ड भेट्न खुमलटार पुगे शेखर

सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।

पछिल्लो समसामयीक राजनीति र एमसीसीका विषयमा छलफल गर्न नेता कोइराला खुमलटार पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। 

एमसीसी विवाद चर्किएको समयमा कोइरालाले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन्। यसअघि गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए।

प्रकाशित: Feb 10, 2022| 09:40 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...