आइतबार, मंसिर ७, २०८२

म्यानचेस्टर सिटी विश्वकै उत्कृष्ट क्लब होइन : ग्वार्डिओला

गएरातिको जितसँगै विश्वकै सर्वाधिक चर्चित इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा १२ अंकको अग्रता बनाए पनि प्रशिक्षकले आफ्नो टिम विश्वकै उत्कृष्ट नभएको बताएका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- बुधबार राति ब्रेन्टफर्डविरुद्ध २-० गोलअन्तरको जित निकालेपछि म्यानचेस्टर सिटीका मूख्य प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो टिम विश्वककै उत्कृष्ट नभएको बताएका छन्।

National life

गएरातिको जितसँगै विश्वकै सर्वाधिक चर्चित इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा १२ अंकको अग्रता बनाए पनि प्रशिक्षकले आफ्नो टिम विश्वकै उत्कृष्ट नभएको बताएका छन्।

दोस्रो स्थानको लिभरपुलभन्दा १२ अंकले अघि रहँदा म्यानचेस्टर सिटीले अंकतालिमा  ६० अंक बनाएको छ। यद्यपी लिभरपुलले आज एभर्टनसँगको खेल भने बाँकी नै छ। बुधबार राति सिटीको जितका लागि रियाद महरेज र केभिड डिब्रएनाले गोल गरेका थिए।

गएरातिको गोलसँगै रियाद महरेजले सिटीको सात खेलमा आठ गोल पुरा गरेका छन्। खेलपछि क्बलबारे बोल्दै ग्वार्डिओलाले आफ्नो क्लबको तारिफ गरेनन्। ‘धेरै कुराहरुमा म खेलाडीको भावनालाई सम्मान गर्छु,’ उनले भने, ‘उनीहरुको आउँदा खेलहरुमा पनि आफ्नो कर्तव्य पुरा गर्ने सपना दृढ छ।’

‘साधारतया उनीहरुलाई विश्वकै उत्कृष्ट टिम भनेर सम्मान गरिएको पाइन्छ तर यो बेकारको कुरा मात्र हो। यो कुराले कसैलाई दुविधामा पार्न सक्छ तर हामी साधारण छौं,’ उनले भने।

Laxmi sunrise bank
kumari

अहिले क्लब विश्वकपको फाइनलमा चेल्सी र पाल्मेरिस पुगेको भन्दै उनले ति दुई क्लब विश्वको उत्कृष्ट भएको दावी पनि कसेका छन्। उनले को उत्कृष्ट भन्ने विषयमा विवाद गर्न नचाहेको बताए।

अब आउने शनिबार क्लब विश्वकपको फाइनलमा इंग्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब पाल्मेरिस भिड्नेछन्। चेल्सीले प्रतिस्पर्धा गर्न लागिरहेको त्यो उपाधिका लागि अहिलेसम्म सिटीले भने कहिले प्रतिस्पर्धा गरेको छैन।

सिटीले अहिलेसम्म च्यासम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। गएरातिको खेलमा भने रियाद महरेजले खेलको ४०औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै, खेलको ६९ औं मिनेटमा डि ब्रुएनाले गोल गरेका थिए। यो जितसँगै सिटीले लिगमा १९ जित र तीन बराबरीसँगै ३० अंक बनाएको हो।

प्रकाशित: Feb 10, 2022| 09:20 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।