शनिबार, असार २०, २०८३

क्लब विश्वकपको फाइनलमा चेल्सी र पल्मेरिस भिड्ने

बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा साउदी क्लब अल हिलाललाई १-० गोलअन्तरले हराउँदै चेल्सीले क्लब विश्वकपको फाइनलमा स्थान बनाएको हो।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- क्लब विश्वकपको फाइनल खेलमा उपाधिका लागि प्रिमियर क्लब चेल्सीले ब्राजिलियन क्लब पल्मेरिससँग भिड्ने पक्का भएको छ।

बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा साउदी क्लब अल हिलाललाई १-० गोलअन्तरले हराउँदै चेल्सीले क्लब विश्वकपको फाइनलमा स्थान बनाएको हो।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकूले एकमात्र गोल गरे। उनले ३२औं मिनेटमा गरेको गोलको रक्षा गर्दै चेल्सीले जित निकालेको हो।

त्यस्तै, मंगलबार राति सम्पन्न खेलमा अल अहिलीलाई २-० गोलले हराउँदै फाइनका लागि स्थान पक्का गरेको थियो। अब फाइनल खेल फेब्रुअरी १२ मा अबुदाबीको मोहम्मद विन जायद रंगशालामा हुनेछ। त्यस्तै तेस्रो स्थानका लागि हुने खेलमा अल हिलाल र अल अहिलीले फेब्रुअरी १२ मा नै खेल्नेछन्।

प्रकाशित: Feb 10, 2022| 09:05 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।