बुधबार, असोज १४, २०८३

बढ्यो दूधको मूल्य

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूध मूल्य बढाएको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूध मूल्य बढाएको छ। डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण गरेको छ।  

डीडीसी सञ्चालक समितिको बुधबार बसेको बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको  हो। यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो।

यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६.५२ रुपियाँ  वृद्धि  गरी  ५६.०४  रुपियाँ  निर्धारण  गरेको  थियो। त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९.५२ रुपियाँ थियो ।

मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।  डीडीसीले  उपभोक्ता मूल्य  निर्धारण  गरिसकेपछि  त्यसैको  आधारमा  निजी  डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन्। 

प्रकाशित: Feb 10, 2022| 08:48 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्