काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) को बुधबार राति सम्पन्न खेलमा साउथह्याम्टनले टोटेनहम हट्स्परमाथि नाटकिय जित निकालेको छ।
टोटेनहमकै मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले ३-२ को जित निकालेको हो। राफेल हासेन्हुटेल फर्किएले खेलपछि साउथह्याम्टनले निकै उत्कृष्ट प्रदर्शन गरेका पनि बताएका छन्।
खेलको १८औं मिनेटमै साउथह्याम्टनका जान बेनारेकले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टिमले अग्रता बनाएको थियो। तर, खेलको २३औं मिनेटमा खेललाई बराबरी गर्न अर्मान्डो बोर्जाले गोल गरे।
यससँगै पहिलो हाफ बराबरी भएको थियो। प्रतिस्पर्धात्मक दोस्रो हाफको ७०औं मिनेटमा दक्षिण कोरियन फरवार्ड सन ह्युङ मिनले गोल गर्दै टोटेनहामलाई पुन अग्रता दिलाए।
यता, मोहम्मद इलयोखोउसीले ७९औं मिनेटमा गोल गरेपछि खेल पुनः बराबरीमा आएको थियो। बराबरी अवस्थामा साउथह्याम्टनका चे एडम्सले गोल गरे। ८२औं मिनेटमा गोल गरेपछि साउथह्याम्टनले टोटेनहमलाई हराएको हो।
यो जितसँगै २८ अंक बनाएको साउथह्याम्टन अंक तालिकाको १०औं स्थानमा छ भने टोटेनहम ३६औं स्थानमा छ। त्यस्तै, टोटेनहम ३६ अंकका साथ सातौं स्थानमा छ।