बुधबार, असोज १४, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०४ पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०४ पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ। 

युरो एकको खरिद दर १३६ रुपैयाँ ६१ पैसा र बिक्री दर १३७ रुपैयाँ २९ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ ३७ पैसा र बिक्री दर १६३ रुपैयाँ ०२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६९ पैसा र बिक्री दर ८८ रुपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६ पैसा छ। 

जापानी येन १० को खरिद दर १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३१ रुपैयाँ ९९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७९ पैसा र बिक्री दर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Feb 10, 2022| 06:47 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्