काठमाडौं- अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौतासम्बन्धी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। बुधबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
सरकारले एमसीसीसँग भएको सम्झौतालाई संसदमा पेस गर्न संसद् सचिवालयलाई दबाब दिँन थालेको छ। तर सभामुख अग्निप्रसाद सापकोटा भने संसद्मा पेस गर्न दिने पक्षमा छैनन्। यही विषयमा कुरा नमिलेपछि बुधबारका लागि तय भएको प्रतिनिधि सभा बैठक पनि मंगलबार राती सूचना टाँस गरेर स्थगित भएको थियो।
सरकारले वैशाख ३० गतेका लागि स्थानीय चुनाव घोषणा गरेको छ। यो निर्णयप्रति पनि प्रचण्ड खुस छैनन्। यो विषयमा पनि नेताद्वयबीच छलफल भएको बताइएको छ। स्थानीय तहको निर्वाचन घोषणा भएको दुई दिनपछि उनीहरूबीच भेट भएको हो।
प्रधानमन्त्री देउवालाई भेट्नुअघि प्रचण्डले आफ्नै दल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए।