शनिबार, असार २०, २०८३

इन्डोर कर्पोरेट लिग टी१० क्रिकेट हुने

आउँदो फागुन १८ गतेदेखि इन्डोर कर्पोरेट क्रिकेट लिग हुने भएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं– आउँदो फागुन १८ गतेदेखि इन्डोर कर्पोरेट क्रिकेट लिग हुने भएको छ।

हिमालय स्पोर्ट्स म्यानेजमेन्ट प्रालिले ग्रेट हिमालय क्रिकेट एकेडेमीसँगको सहकार्यमा हात्तीवन ललितपुरमा १८ देखि २१ गतेसम्म इन्डोर कर्पोरेट लिग (आईसीएल) क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको हो।

यो प्रतियोगितामा १६ कर्पोरेट टोलीले खेल्ने आयोजकले बताएको छ। प्रतियोगिताका विजेता तथा खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने छैन। तर पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। 

‘नेपालमा पहिलो पटक एरिनाभित्र एलईडी स्क्रिनमा खेल प्रत्यक्ष देखाइनेछ। समापन दिनमा खाना र पेय स्टलहरू, चियर लिडरहरू, लाइभ संगीत र भव्य पार्टी कार्यक्रमका केही आकर्षणहरू हुन्,’ एकेडेमीले जारी गरेको विज्ञप्तिामा लेखिएको छ।

प्रतियोगितामा प्रत्येक इनिङमा १० ओभरका खेलहरू खेलाइनेछन्। प्रत्येक टोलीमा १० खेलाडी हुनेछन् जसमा ८ खेलाडीको प्लेइङ सेट हुनेछ। प्रतियोगिता टी१० शैलीमा हुने भएको छ। तर इन्डोर लिगमा दौडेको रन मात्र मान्य हुनेछ। बाउन्ड्री बनाएको रन भने मान्य हुनेछैन।

त्यस्तै क्याच गर्ने खलाडी एरिनाको जालीमा ठोक्किए पनि क्याचले मान्यता पाउनेछ। प्रतियोगितामा २७ खेल हुने छन्।

प्रकाशित: Feb 09, 2022| 17:29 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।