बुधबार, असोज १४, २०८३

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयर बजार परिसूचक (नेप्से) आज बुधबार २२.११ अंकले घटेर २८१३ अंकमा अडिएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज बुधबार २२.११ अंकले घटेर २८१३ अंकमा अडिएको छ। कारोबार रकममा पनि भारी कमी आएको छ। हिजो ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४७ करोडमा सीमित भएको छ।

बुधबार सबै उपसमूह घटेका छन्। बैंकिङ १२, व्यापार ३६, होटल तथा पर्यटन २, विकास बैंक ४६, जलविद्युत ३२, फाइनान्स २४, निर्जीवन बिमा १९८, उत्पादन १५, अन्य ३, जीवन बिमा १५४, लगानी १ र माइक्रोफाइनान्स ५० उपसमूह अंकले घटेका छन्।

१६५ कम्पनीको मूल्य घट्यो भने २० को मात्रै बढेको छ। ६ कम्पनीको भने स्थिर रह्यो। लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले बढेको छ। बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशतले घटेको छ। अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, निफ्रा र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबार रकमका आधारमा अगाडि रहे।

प्रकाशित: Feb 09, 2022| 15:22 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्