बुधबार, भदौ ३, २०८३

सम्भव छ स्थानीय चुनावमा विद्युतीय मेसिन? आयोगले थाल्यो छलफल

आगामी स्थानीय निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले छलफल थालेको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

 काठमाडौं– आगामी स्थानीय निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले छलफल थालेको छ। यसका लागि आज दिउँसो १ बजे विज्ञहरूलाई आयोगमा बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत भोटिङ गर्ने सम्भावनाबारे आयोगले छलफल गर्न लागेको हो। प्रवक्ता पौडेलका अनुसार यो सामान्य छलफलमात्रै हो। पूर्ण रुपमा नभए पनि सानो क्षेत्रमा गर्न सक्ने सम्भावना हुन्छ कि भनेर बुझ्न खोजिएको उनले बताए। 

काठमाडौं, भक्तपुर र ललितपुरका केही स्थानीय तहमा विद्युतीय मतदानको व्यवस्था गर्ने मनस्थितिमा आयोग छ। स्थानीय तह निर्वाचन ऐनमा विद्युतीय मतदानसमेत गर्न सकिने प्रावधान छ। 

हालैमात्र सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ। यसका लागि निर्वाचन आयोगले तयारी थालिसकेको छ। 

नेपालमा पहिलो पटक २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं–१ मा विद्युतीय मतदान मेसिन प्रयोग भएको थियो। त्यसपछिका निर्वाचन तथा उपनिर्वाचनहरुमा पनि फाट्टफुट्ट रुपमा विद्युतीय मतदान भएको थियो। 

पार्टीका महाधिवेशनमा भने नेकपा एमालेले हालै चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदानको व्यवस्था गरेको थियो। भर्खरै सम्पन्न नेपाली कांग्रेस र राप्रपाले भने आन्तरिक निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गरेनन्।

प्रकाशित: Feb 09, 2022| 13:21 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...