शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बेइजिङ ओलम्पिक : नर्वेलाई चार स्वर्ण, रसियालाई सबैभन्दा धेरै पदक

बेइजिङ ओलम्पिक : नर्वेलाई चार स्वर्ण, रसियालाई सबैभन्दा धेरै पदक

नर्वेले दुवाथलनमा दुई स्वर्ण जितेको छ भने क्रस कन्ट्री स्काइकिङ र फ्रिस्टाइल स्काइकिङमा समान १-१ स्वर्ण हात परेको छ। त्यस्तै, चार स्वर्णसहित सात पदक निजतेको स्विडेन भने दोस्रो स्थानमा छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- बेइजिङ ओलम्पिकको छैटौं दिन सुरु हुँदा फेरि एकपटक नर्वे मेडल तालिकाको शीर्षस्थानमा पुगेको छ। नर्वेले चार स्वर्णसहित नौं पदक जितेर मेडल तालिकाको शीर्षस्थान हात परेको हो।

नर्वेले दुवाथलनमा दुई स्वर्ण जितेको छ भने क्रस कन्ट्री स्काइकिङ र फ्रिस्टाइल स्काइकिङमा समान १-१ स्वर्ण हात परेको छ। त्यस्तै, चार स्वर्णसहित सात पदक निजतेको स्विडेन भने दोस्रो स्थानमा छ।

स्विडेनले अल्पाइन स्काइकिङ, क्रस कन्ट्रि स्काइकिङ, फ्रिस्टाइल स्काइकिङ र स्पिड स्केटिङमा समान १-१ स्वर्ण जितेको हो। त्यस्तै, नेदरल्यन्ड्स, चीन र जर्मनीले अहिलेसम्मसमान ३-३ स्वर्ण जितिसकेका छन्। त्यसमा पनि चीन र जर्मनीले समान ९-९ पदक आफ्नो बनाएका छन्। 

प्रतयोगिताको तेस्रो दिन शीर्ष स्थानमा रहेको रसियन ओलम्पिक कमिटी भने दुई स्वर्ण सहित १० पदक जितेर मेडल तालिकाको सातौं स्थानमा छ। अहिले ओलम्पिकमा स्वर्ण जित्ने देशको संख्या १६ पुगेको छ।

प्रकाशित: Feb 09, 2022| 12:19 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।