बुधबार, असोज १४, २०८३

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार ६०० थियो।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० ले उकालो लागेर ९३ हजार ४०० पुगेको छ। पहेँलो धातु मंगलबार प्रतितोला ९३ हजार १००मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार ६०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार २८० कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Feb 09, 2022| 11:58 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्