काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको चार खेल सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा हुने भएको छ। एन्फाले हिजो मंगलबार जारी गरेको चार चरणका २८ खेलमध्ये चार खेल एन्फा कम्पलेक्समा गर्ने भएको हो।
अब आउँदो शुक्रबार (माघ २८ गते) बाट लिगको १०औं चरण सुरु हुँदैछ। दशौं चरणको दोस्रोदिन शनिबार हुने पुलिस र सातादोबाटोको खेल एन्फा कम्लेक्समा हुनेछ भने बाँकी सबै खेल दशसथ रंगशालामा हुनेछ।
त्यस्तै, ११औं चरणका तीनखेल एन्फामा हुनेछ। जावलाखेल र फ्रेन्ड्स क्लबको खेल, एनआरटी र संकटाबीचको खेलका साथै आर्मी र हिमालयन शेर्पा बीचको खेल पनि एन्फामा हुने भएको छ।
तर १२औं चरणका सबै खेल दशरथ रंगशालामा नै हुनेछ। अन्तिम तथा १३औं चरणका खेलस्थान भने अहिले तोकिएको छैन। अब आउने शुक्रबार फ्रेन्ड्स क्लब र ब्रिगेड बोइज क्लबको खेलसँगै १०औं चरण सुरु हुनेछ।