बुधबार, भदौ ३, २०८३

६ कम्युनिस्ट पार्टी संसद् भवन घेराउ गर्दै

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीले संघीय संसद् घेराउ गर्ने भएका छन्।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीले संघीय संसद् घेराउ गर्ने भएका छन्। 

एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गर्ने भएका हुन्।

बुधबार १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्‍याली संसद् भवन नयाँ बानेश्वर घेराउ गर्न जाने बताइएको छ

बैठकपछि संयुक्त वक्तव्य जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी छन्।



प्रकाशित: Feb 09, 2022| 10:05 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...