बुधबार, भदौ ३, २०८३

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। 

अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको छन्। दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ। 

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना भइरहेको अवस्थामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। माओवादी र एकीकृत समाजवादी एमसीसी निर्वाचनपछि पास हुनुपर्ने अडानमा छ भने प्रधानमन्त्रीसमेत र हेका कांग्रेस सभापति देउवा चाडै एमसीसी पास हुनुपर्ने पक्षमा छन्।

आगामी फेब्रुअरी २८ सम्म एमसीसी पास गर्ने समय अमेरिकाले दिएकाले पनि नेपालमा  राजनीतिक दलहरूबीच छलफल जारी रहेको छ।

प्रकाशित: Feb 09, 2022| 09:26 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...