बुधबार, असोज १४, २०८३

इमर्जिङ्ग नेपालको आइपिओ आजबाट बिक्री खुला

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- इमर्जिङ्ग नेपाल लिमिटेडले आजबाट आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। 

दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोशेयर वेबसाइट तथा एपमार्फत  दिन सकिनेछ।  क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बि प्लस रेटिङ प्रदान गरेको छ।

प्रकाशित: Feb 09, 2022| 08:45 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्