बुधबार, भदौ ३, २०८३

ओली र शेखरबीच अढाई घण्टा छलफल : एमसीसीको विषय प्राथमिकतामा

दुई नेताबीच अढाई घण्टा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सम्वाद भएको बालकोट स्रोतले बताएको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न मंगलबार बेलुकी उनको निवास बालकोट पुगेका थिए। दुई नेताबीच अढाई घण्टा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सम्वाद भएको बालकोट स्रोतले बताएको छ।

उनीहरूबीच भेटका क्रममा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), संसदमा जारी गतिरोध अन्त्य र स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। 

कांग्रेस जसरी पनि संसदबाट एमसीसी पास गराउने पक्षमा रहेको समयमा कोइराला र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई जसरी पनि संसदमा लैजाने पक्षमा छन्। र, नेता कोइराला पनि एमसीसीलाई संसदमा लगेर छिनोफानो गर्नुपर्ने पक्षमै छन्।

एमसीसीका विषयमा कांग्रेस र एमाले एक ठाउँमा आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै दुई नेताहरूबीच उक्त विषयमा छलफल भएको स्रोतले बताएको छ।

यसैबीच बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो।

माओवादी केन्द्र र एकीकृत समाजवादी तत्काल एमसीसी पास गर्ने पक्षमा नरहेकाले सत्ता गठबन्धनभित्र देउवा अप्ठ्यारोमा परेका छन्। यस्तो अवस्थामा उनी एमालेलाई साथमा लिएर भए पनि एमसीसी पास गराउने मुडमा देखिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सापकोटालाई बैठक स्थगन गर्न आग्रह गरेका र सोहीबमोजिम बैठक स्थगित भएको बताइएको छ। देउवाले एमसीसीको विषय संसदमा लैजानुभन्दा पहिले थप छलफल गर्न चाहेकाले संसद बैठक स्थगित गर्न लगाइएको स्रोतको दाबी छ।

गत भदौदेखि एमालेले सभामुखविरुद्ध आन्दोलन गरेर संसदमा अवरोध जारी राखेको छ। संसद नखुलेसम्म एमसीसीले त्यहाँ प्रवेश पाउन नसक्ने भएकाले कांग्रेस एमालेसँग छलफल गरेर अगाडि बढ्ने मुडमा रहेको बताइएको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादी तत्काल एमसीसी पास गर्ने पक्षमा नरहेकाले सत्ता गठबन्धनभित्र देउवा अप्ठ्यारोमा परेका छन्। यस्तो अवस्थामा उनी एमालेलाई साथमा लिएर भए पनि एमसीसी पास गराउने मुडमा देखिएका छन्।

यसैबीच मंगलबार बिहान बालकोटमा पुगेर नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी थिइन्। आगामी फेब्रुअरी २८ सम्म एमसीसी पास गर्ने समय अमेरिकाले दिएको छ। त्यससँगै नेपालमा  राजनीतिक दलहरूबीच छलफल जारी रहेको छ।

प्रकाशित: Feb 09, 2022| 08:05 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...