बुधबार, भदौ ३, २०८३

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ सम्म स्थगित

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेका छन्। सोही निर्देशनबमोजिम आज बैठक स्थगनको सूचना टाँस गरिने छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

काठमाडौं- बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो।बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको अवस्थामा स्थगित भएको हो। 

सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेका छन्। सोही निर्देशनबमोजिम आज बैठक स्थगनको सूचना टाँस गरिने छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सापकोटालाई बैठक स्थगन गर्न आग्रह गरेका र सोहीबमोजिम बैठक स्थगित भएको बताइएको छ।

यसअघि १६ माघका लागि बोलाइएको संसद बैठक पनि सूचना टाँस गरी स्थगित गरी २६ माघका लागि बैठक बोलाइएको थियो।

प्रकाशित: Feb 09, 2022| 07:30 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...