सोमबार, मंसिर ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी छोड्ने निर्णय पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह

पार्टी छोड्ने निर्णय पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह

पदाधिकारीको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थापाले ‘अनपेक्षित तथा अप्रत्यासित’ रूपमा पार्टी छोड्ने निर्णय गरेको उल्लेख छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं- राप्रपाले पार्टी परित्याग गर्ने घोषणा गरेका पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले त्यस्तो आग्रह गरेको हो। 

National life

पदाधिकारीको बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थापाले ‘अनपेक्षित तथा अप्रत्यासित’ रूपमा पार्टी छोड्ने निर्णय गरेको उल्लेख छ।  

‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ।’

राप्रपाको गत महाधिवेशनमा थापा अध्यक्ष लिङदेनसँग पराजित भएका थिए। यसपछि उनले आफूलाई निर्मल निवासले हराएको भन्दै आक्रोशित अभिव्यक्ति दिएका थिए। 

यसअघि थापाले श्रीमद्भगवद्गीतालाई छोएर पार्टी नफुटाउने घोषणा गरेका थिए। सामाजिक सञ्जालमा उक्त भिडियोलाई पोस्ट गर्दै आलोचना भइरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 08, 2022| 20:57 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...