आइतबार, कात्तिक ३०, २०८२

एमसीसी : फेरि सर्‍यो संसद् बैठक

बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पुनः सारिएको छ। एमसीसीका विषयमा सत्तारुढ दलहरूबीचमा सहमति नजुटेपछि बैठक सारिएको हो।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं- बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पुनः सारिएको छ। एमसीसीका विषयमा सत्तारुढ दलहरूबीचमा सहमति नजुटेपछि लामो समयदेखि बैठक सूचना टाँस गर्दै स्थगित गरिँदै आएको छ। 

National life

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठक पनि सार्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका थिए। त्यसलगत्तै सभामुख सापकोटाले संसद् बैठक स्थगित गरिएको सूचना टाँस गर्नका लागि संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन्। अब फागुन २ गतेका लागि बैठक राख्ने सहमति छ। 

यसअघि सभामुख अग्नि सापकोटाले संसद्‍मा बैठकमा पेस गर्ने कार्यसूची तय गर्नका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। समितिले बुधबारको बैठकका लागि दुई कार्यसूची तय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। 

सापकोटालाई सभामुख बनाएको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने भन्दै अमेरिकालाई पत्र लेख्ने र यथास्थितिमा पारित गर्न नहुने अभिव्यक्ति दिएर दोहोरो चरित्र प्रस्तुत गर्दै आएपछि सत्ता गठबन्धनलाई अप्ठेरो परेको छ। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 08, 2022| 20:20 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...