काठमाडौं- काजकिस्तानका स्केटर ओलम्पिक पदक विजेता डेनिस टेनको २५ बर्षको उमेरमा मृत्यु भएको छ। बिहिबार दुई अज्ञात व्यक्तिले उनको कार चोर्ने क्रममा बचाउन खोज्दा सिसा लागेर उनको मृत्यु भएको समाचार एजेन्सी काजिमफोर्मले जनाएको छ।
उनले पछिल्लो पटक २०१४ मा कास्य पदक जितेका थिए। दुइ पटकका विश्व च्याम्पियन पदकधारी डेनिसको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु अस्पतालमा घटना घटेको तीन घण्टा पछि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानएको छ। उनले विश्व च्याम्पियन २०१३ मा रजत र २०१५ मा कास्य पदक जितेका थिए।
अमेरिकी स्केटर खेलाडी आदम रिप्पोनले ट्वीटमा खेलेका छन्, ‘उनी मेरालागि धेरै ठुलो प्रेरणामा स्रोत हुन र अन्ये धेरै मानिसका लागि पनि । डेनिसले हामीलाई कसरि च्याम्पियन हुने भन्ने देखाएका थिए । तर, हाम्रो साथ र समय धेरै छोटो रहेछ ।’
सन् २०१० बाट ओलम्पिक गेम खेलल्न थालेका उनले आफ्नो २७ औं खेल दक्षिण कोरियामा भएको ओलम्पिकमा पुरा गरेका थिए।
‘उनको उत्कृष्ट उपलब्धिले देशलाई महत्वपूर्ण योगदान दिए र युवाहरुलाई खेलकुदको लोकप्रियता दिलाउन मद्दत गरे । डेनिस मात्र एक प्रमुख खेलाडी थिएनन् । उनी एक सच्चा देशभक्त थिए । उनको प्रतिभाको पहिचान विश्वभर थियो र विश्वकप धेरै देशहरुले सम्मान गरेका थिए’ काजकिस्तानका राष्ट्रपति नरसुल्तान नजरबयभले भने।
त्यस्तै काजकिस्तानका संस्कृति तथा खेलकुद मन्त्रि अर्यस्तान्बेक मुखामेदेउलीले भने, ‘डेनिस एक अविस्वासनिय स्केटर खेलाडी थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४