मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन कार्यतालिका प्रकाशनको तयारीमा आयोग, मतदाताको अन्तिम नामावली डेढ महिनाभित्र

निर्वाचन कार्यतालिका प्रकाशनको तयारीमा आयोग, मतदाताको अन्तिम नामावली डेढ महिनाभित्र

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ।
 |  मंगलबार, माघ २५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

vianetvianet

काठमाडौं– आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ वैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन्।

triton college

आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा ९५ दिनमात्रै पाएकाले सबै कामहरु फास्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने उनको भनाइ छ। सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले निर्वाचनमा खर्च बढ्ने भएको उनको तर्क छ।

उनले भने, ‘पक्कै पनि चुनौतीपूर्ण छ, किनभने हामीलाई १२० दिन समय प्राप्त गर्नुपर्नेमा ९०–९५ दिनको समय प्राप्त भएको छ। यसले करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत जति समय कटौती भएको अवस्था हो। यसले गर्दा हामीले कतिपय कामहरु फास्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ। ३० दिनको म्याद दिनुपर्ने ठाउँमा निर्वाचन आयोग ऐनको दफा प्रयोग गरेर १५ दिन, २० दिन अथवा १० दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने हुनसक्छ। यथेष्ट प्रतिस्पर्धा नभइसकेपछि मूल्य उच्च हुने सम्भावना छ। कर्मचारीहरु अहिले निर्वाचन आयोगसँग अथवा जिल्ला निर्वाचन कार्यालयसँग भएका कर्मचारीले नपुगेर बाहिरबाट ल्याउनुपर्ने हुनसक्छ।’

आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ। पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरुको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता पौडेलले बताए। हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन सक्ने उनले स्पष्ट पारे। 

आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ।

आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न सक्ने बताएको छ। आयोगका प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी प्रधानमन्त्रीसमक्ष मिति प्रस्ताव गरेको बताए। निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी आयोग अगाडि बढिरहेको उनले बताए। उनले निर्वाचनका लागि जनशक्तिको समस्या नभएको पनि बताए। निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने उनको भनाइ छ।

National life insurance

आयोगले केही दिनभित्रमै २०७९ वैशाख ३० गतेसम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ। निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए। मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै उनले अब मतदाता नामावली अद्यावधिकको काम सुरु हुने बताए।

उनले भने,  ‘निर्वाचन आयोग निर्वाचन गर्ने प्रयोजनका लागि गठित संवैधानिक निकाय हो। यसको सबै समय कुनै न कुनै रुपमा निर्वाचनकै तयारीमा बितिराखेको हुन्छ। घोषणाअघि पनि हामी निर्वाचनअघिका पूर्वतयारीका कामहरु गरिराखेका थियौं। ती काममध्ये मुख्य काम मतदाता नामावली संकलन हो। मतदाता नामावली संकलनको कार्य कानुनबमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि तत्कालको लागि स्थगित हुन्छ। केही दिनमा वैशाख ३० गतेसम्मकै कामको कार्यतालिका निकाल्छौं। अब मतदाता नामावली अध्यावधिकको काम सुरु हुन्छ। करिब डेढ महिना लाग्छ अन्तिम नामावली प्रकाशित हुन।’

प्रकाशित: Feb 08, 2022| 18:14 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...