शनिबार, चैत ११, २०७९

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ। पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो। 

National life insurance

तालिकाअनुसार फागुन १ गतेदेखि १७ गतेसम्म चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम हुनेछ। फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ गते मधेश प्रदेशको जनकपुरमा, ६ र ७ गते बागमती प्रदेशको काठमाडौंमा, ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा, ११ र १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा र फागुन १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुनेछ। 

प्रशिक्षणमा १० औं राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरु, स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ।

प्रशिक्षणमा सम्बन्धित प्रदेशका इञ्चार्ज तथा सहइञ्चार्जहरु, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, एमालेबाट निर्वाचित जिसस प्रमुख वा उपप्रमुख, गाउँपालिका प्रमुख वा उपप्रमुख र पार्टीका पालिका अध्यक्षहरू सहभागी हुने एमालेले जनाएको छ।


प्रकाशित: Feb 08, 2022| 05:57. 15 मंगलबार, माघ २५, २०७८