बिहीबार, चैत १२, २०८२

रोनाल्डोले क्लब छोड्ने कारण 'उच्च कर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले करको बिषयले क्लब छाड्ने निर्णय गरेको ला लिगा अध्यक्ष जाभियर टिबेसले बताएका छन्। 

स्पेनमा खेलाडीमाथि लाग्ने उच्च करको कारणले रोनाल्डोले इटालियन क्लब युभेन्ट्स जाने निर्णय गरेको टिबेसको दाबी छ। ९ बर्ष रियल मड्रिडमा बिताएका रोनाल्डो १ सय १२ मिलियन युरोमा चार बर्षका लागि युभेन्ट्स गएका थिए। 

पैसाले समेत खेलाडीलाई क्लब छाड्न प्रेरित गर्ने बताउदै इटालिमा खेलाडीले स्पेनको भन्दा धेरै कमाउने स्पेनिस टिभीलाई दिएको एक अन्तरवार्तामा टिबेसले भनेका छन्। 

‘मलाई लाग्छ वित्तिय कारण समेत उनलाई इटाली जान सहज भएको हुनसक्छ। स्पेनमा हामीसँग यहाँ धेरै समस्या छ’, उनले भने। 

सबै भन्दा ठुलो मानिने स्पेनिस लिगमा खेलाडीको करको स्थिती निकै खराब रहेको उनको भनाई छ। सन् २००९ मा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसँगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।