शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • सीमा समस्या सरकारले कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

सीमा समस्या सरकारले कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

National life insurance
worldlink

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन्। सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकार सधैं प्रयत्नशील रहेको उनले बताए।

‘हामी सीमा समस्याबारे सचेत छौं, चाहे भारतसँग होस् वा चीनसँग होस्। कुनै पनि समस्या छन् भने ती समस्या कूटनीतिक ढंगले समाधान गर्न सरकार तयार छ। त्यस्ता समस्या समाधानका लागि सरकार सधैं प्रयत्नशील छ,’ उनले भने।

मन्त्री कार्कीले त्यस्ता समस्याहरूका बारेमा सरकारले आफ्नै संयन्त्रमार्फत अध्ययन र समाधान गर्ने गरेको स्पष्ट पारे। उनले भने, ‘कसले के रिपोर्ट दियो भनेर सरकारले त्यसको आधारमा होइन, उपयुक्त समयमा वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ।’


प्रकाशित: Feb 08, 2022| 05:03. 36 मंगलबार, माघ २५, २०७८