शनिबार, असार २०, २०८३

शीतकालिन ओलम्पिकमा आयोजक चीन पहिलो पटक शीर्षस्थानमा

यही फेब्रुअरी चार तारिखबाट चीनको राजधानी बेइजिङमा सुरु भएको शीतकालिन ओलम्पिक २०२२ मा आयोजक चीन पहिलो पटक मेडल तालिकाको शीर्षस्थानमा पुगेको छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– यही फेब्रुअरी चार तारिखबाट चीनको राजधानी बेइजिङमा सुरु भएको शीतकालिन ओलम्पिक २०२२ मा आयोजक चीन पहिलो पटक मेडल तालिकाको शीर्षस्थानमा पुगेको छ।

उसले तीन विधामा स्वर्णसँगै पाँच पदक जितेर मेडल तालिकाको शीर्षस्थानमा ठाउँ पक्का गरेको हो। चीनले महिला फ्रि स्काइकिङ बीग एयर, पुरुष एक हजार किलोमिटर स्केटिङ र छोटो दूरीको स्केटिङ टिम रिलेमा स्वर्ण जितेको हो।

यससँगै तीन स्वर्ण जितेको स्विडेन अहिले दोस्रो स्थानमा छ। उसले अल्पाइनतर्फ महिला जायन्ट स्ललोम, पुरुषतर्फको फ्रि स्टाइल स्काइकिङ मोगुल्स र पुरुषतर्फको स्पिड स्केटिङ पाँच हजार मिटरमा स्वर्ण जितेको हो।

ओलम्पिकको दोस्रो दिन सकिँदा शीर्षस्थानमा रहेको रसियन ओलम्पिक कमिटी भने अहिले तेस्रो स्थानमा छ। उनले अहिलेसम्मा दुई स्वर्ण जित्न सफल भएको छ। तर पदक संख्या रसियाको सबैभन्दा धेरै छ। रसियाको ओलम्पिक कमिटीले १५ किमी र १५ किमी रिलेमा स्वर्ण जितेको हो।

रसियाले अहिलेसम्म तीन रजत र तीन काश्य गरी आठ पदक जितिसकेको छ। त्यस्तै, दुई स्वर्ण जित्नेमा अष्ट्रिया, नेदरल्यान्ड्स, सोल्वेनिया, जर्मनी र नर्वे रहेका छन्। प्रतियोगितामा सबैभन्दा पहिला दोहोरो स्वर्ण नर्वेले जितेको थियो।

प्रकाशित: Feb 08, 2022| 15:33 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।