शनिबार, चैत ११, २०७९

कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए सभामुखले

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

National life insurance
worldlink

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

भोलि बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले बैठकमा छलफल गर्ने विषय तय गर्न भोलि नै बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

समितिमा सभामुखसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन्। भोलिको बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ। जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

प्रकाशित: Feb 08, 2022| 03:28. 19 मंगलबार, माघ २५, २०७८