शनिबार, चैत ११, २०७९

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ। दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

National life insurance

कार्यसूचीमा दुई विषय छन्– पहिलो प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र दोस्रो सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने। 

गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधिसभाको बैठक स्थगित हुँदै आएको थियो।

बहुचर्चित एमसीसी परियोजना टेबुल गर्ने विषय कार्यसूचीमा परेको छैन। एमसीसीबारे राजनीतिक सहमति जुटिनसकेकाले तत्काल यो विषय संसद्‍‍मा प्रवेश नगर्ने भएको हो।


worldlink

प्रकाशित: Feb 08, 2022| 03:06. 13 मंगलबार, माघ २५, २०७८