बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • 'राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतिर लाग्दैन कांग्रेस'

'राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतिर लाग्दैन कांग्रेस'

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन्। एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनले बताए। 

triton college

उनले भने,  ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो। आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमति र फरक फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भनी महसुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैनथ्यो। जुन जुन दलहरु त्यसमा सम्वद्ध हुनुभएको छ, आफैँले गरेका कामहरुका बारेमा आफैँले टिप्पणी गरेर फरक मत राख्नुभएको छ। त्यस्तो नगर्नुस् भन्ने नेपाली कांग्रेसको हार्दिक अनुरोध छ। आम नेपाली जनताको पनि यो अनुरोध छ। यतिमात्रै होइन, यो विषयलाई आफूले निर्णय दिन नसक्नु त छँदैछ, तर नानाथरीका भ्रमहरु सिर्जना गरेर प्रचारबाजी जसरी गरिएको छ। यो प्रचारबाजीले मुलुकलाई, जनतालाई र यो मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको छ। यो दुर्भाग्यपूर्ण छ।’

नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताए। राष्ट्रिय सरोकारको विषयलाई टुंगोमा पुर्याउनुपर्नेमा उनले जोड दिए। उनले गठबन्धनलाई जीवित राख्दै एमसीसी परियोजनाको विषयलाई टुंगोमा पुर्याउन चाहेको उनले स्पष्ट पारे। राष्ट्रिय सरोकारका विषयलाई पन्छाएर गठबन्धन जोगाउनतर्फ कांग्रेसको चासो नरहेको नेता विश्वकर्माले बताए।

उनले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरु पनि सन्तुष्ट रहेको बताए। निर्वाचनलाई सतप्रतिशत निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने विश्वकर्माको भनाइ छ।

प्रकाशित: Feb 08, 2022| 14:58 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...