बुधबार, भदौ ३, २०८३

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। थापाले मंगलबार  विज्ञप्ति जारी गर्दै आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। थापाले भनेका छन्, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छ।’ थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्ख्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टीबाटै अलग हुनुपरेको उनले विज्ञप्तिमा लेखेका छन्।

थापा गत मंसिरमा सम्पन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। अध्यक्षमा पराजित भएका थापाले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै आफूले नयाँ यात्राको थालनी गर्ने चेतावनी दिएका थिए। यस्तै अध्यक्षमा पराजित हुनुमा निर्मल निवासको हस्तक्षेप भएको उनको दाबी छ।

थापाले भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहनेछु।’ उनले राप्रपाका कुनै साथीप्रति पनि आफ्नो वैरभाव नरहेको स्पष्ट पारेका छन्।



प्रकाशित: Feb 08, 2022| 13:57 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...