बुधबार, असार ३१, २०८३

'देश बिर्सेर' ल्याए नरेशले 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- कथाकार नरेश नातिको कथा देश बिर्सेर’सावन ३ गते राजधानीको प्रज्ञा-प्रतिष्ठानमा विमोचन भएको छ। 

बेलायत बस्दै आएका नरेश गीतकार मुक्तकार संगीत मर्मज्ञका साथै राम्रो बाद्यवादक पनि हुन्।
 
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि वैरागी काइलाले कृतिको लोकार्पण गरेका हुन्। विमोचनकै क्रममा कुलपति काइँलाले नरेश बहुमुखी प्रतिभाका धनी रहेको समेत बताए।
 
कवि कथाकार प्राज्ञ मातृका पोखरेलले नेपाली साहित्यमा लाहुरे समुदाय र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको कथा लेखिएको बताए। अर्का वक्ता श्रवण मुकारुङले नरेशका कथामा रचनामा स्पेश र समयानुसारको विषयलाई उठान गरिएको बताए।
  
समालोचक महेश पौड्यालले निरेशको कथाहरू सत्यको नजिक रहेका बताए। साथै कृतिकारको समयमा रहेको अनुभूति र भोगाइहरूकै जगमा उभिएर लेखिएको बताए। कार्यक्रम नेपाली वाङ्मय परिषद् तथा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।