काठमाडौं– नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा विलय भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) सहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ।