बिहीबार, चैत १२, २०८२

रियल मड्रिडको नजर : नेयमारदेखि हाजार्डसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–यो सिजन रियल मड्रिडकालागि पहिले भन्दा फरकहुने अनुमान गरिएको छ । किनकी यसै मे मा रियलका प्रशिक्षक जिनादिन जिदेन छोडेका थिए भने, गत हप्ता मात्र पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टटस गएका थिए ।

लगातार तीन च्याम्पियन लिगको नेतृत्व गरेका जिदानले क्लब छोड्ने घोषण गरे पछि उनको ठाउमा पुर्व स्पेनीस् राष्ट्रिय टिमका प्रशिक्षक जुलेन लोपेटेगुइ भित्र्याइएको थियो । उनलाई स्पेनीस राष्ट्रिय टिमको प्रशिक्षक बाट विश्पकपको एक दिन अगाडी मात्र रियल गएपछि हटाइएको थियो । 

लोपेटेगुइले पहिलेनै स्पेन तथा रियल सोसिडाडका राइट–ब्याक अल्भारो ओड्रिओजोलालाई अनुबन्धित गरिसकेको छ । उनलाई ३५ मिलियन पाउण्डमा रियलले अनुबन्ध गरेको हो ।

यस घटनासँगै रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस सिजनको ट्रान्सफर वन्डोजमा २२ बर्षीय खेलाडीमा ध्यान दिने प्रतिबद्धता गरेका थिए । रियलका लागि रोनाल्डोको स्थानमा अर्को खेलाडी खोज्न निकै कठिन हुने छ । उननले रियलमा ९ सिजनमा चार सय ३८ खेल खेल्दै अविश्वसनीय चार सय ५० गोल गरेको थिए ।

ट्रान्फर वन्डोजमा रियलको नजरमा परेका केहि खेलाडी

नेयमार

नेयमार रियलका अध्यक्ष फ्लोरेन्टिनोको नजरमा पहिलो स्थानमा परेका छन् । यसभन्दा अगाढी दुई पटक उनलाई रियलले भित्राउने प्रयास गरेको थियो । २००९ मा रोनाल्डोको विकल्पको रुपमा उनलाई रियलले भित्राउने प्रयास गरेको थियो तर उनी त्यतीबेता आफ्नै देश पर्किए र सान्टोबाट सिरी–ए खेल्न थाले । 

२०१३ मा उनलाई पुनः रियलले प्रयास गरेको थियो तर उनी ला लिगाका लागि बार्सिलोना पुगेका थिए । पछिल्लो सिजनमात्र उनी किर्तिमानि रकममा पिएसजी पुगेका थिए । पिएसजीमा लिग–१ का २० खेल खेल्दै १९ गोल गरेका छन् । नेयमारका लागि रियलको यो तेस्रो प्रयास हो ।


केलियन बाप्पे

केलियन बाप्पे रियलका लागि अर्को प्रयास हो । उनी नेयमार पछि रियलको नजरको दोस्रो नम्बरमा छन् । रियलले सार्वजनिक रुपमा स्वीकार गरेको छ । फ्रान्सेली युवा स्टार बाप्पेसँग हस्ताक्षर गर्न । उनले आइतबार फ्रान्सलाई रुस विश्वकप जिताएका थिए । १९ बर्षीय बाप्पे गत सिजन मात्र मोनाकोबाट पिएसजी आएका थिए । रियललाई रानाल्डोको स्थान लिन सक्ने खेलाडीको आवस्यक छ र युवा खेलाडी भित्र्याउन चाहन्छ । बाप्पेलाई नेयमारसँग तुलना गरिरहेका छन् ।

इडेन हाजार्ड


इडेन हाजार्ड नेयमार बाप्पेको विकल्पको रुपमा हेरियको छ । जुन यस सिजनमा रियलका लागि कठिन सम्झौता जस्तै देखिएको छ । बेल्जियम तथा चेल्सिका आक्रमणकारी मिडफिल्लड हाजार्डले इंग्ल्यान्डलाई पराजित गर्दै विश्वकपमा तेस्रो स्थान भएका थिए । चिल्सिका उनले ६ सिजन बिताएका छन् । 

पछिल्लो समय सञ्चार माध्यममा आएको समाचार अनुसार उनी रियल आउन चाहेको संकेत देखिन्छ । २७ बर्षका उनले क्लब परिवर्तन गर्दा उनको लागि राम्रो भएको बतचाएका छन् । तर, चेल्सिले पनि उनलाई यती सस्तोमा छोड्न मौका दिने छैन । विशेष गरी विश्वकप पछिको उनको खेल देखेर ।

ह्यारी केन

विश्वकपमा ह्यारी केनले सर्वाधिक गोलकर्ताको उपाधि जित्दै अन्त्य गरे । विश्वकपमा ५ गोल गर्दै र टोटनह्यामका स्ट्राइकरले रियलसँग केहि साइनो गाँस्ने सम्भावना बढेको छ । मरिम बेन्जामिन मात्र सिनियर सेन्टर फवाडद रहेकाले रियलाइ एक खेलाडीको आवश्यकता रियललाई छ । तथापि केनले स्पर्शसँग लामो सम्झौता गरेका छन् । २४ बर्षीय एक खेलाडीले लेखेका छन् उनी क्लबको नयाँ स्टेडियममा ट्रफि जित्ने सपनादेखि रहेका छन् । जुन यसै सेप्टेम्वरमा शुरु हुदै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।