काठमाडौं- सुनचाँदी बजारमा छापावाल सुनको प्रतितोला ५०० ले बढेर ९३ हजार एक सय पुगेको छ। पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६००मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार एक सय थियो।
यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ।