काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले स्थानीय निर्वाचन मिति घोषणा गरेर सरकारले उपयुक्त निर्णय गरेको बताएका छन्। महामन्त्री थापाले भनेका छन्, ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ। संविधानको मर्मअनुरूप छ।’
निर्वाचन मिति घोषणासँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको थापाको भनाइ छ। उनले भनेका छन्, ‘निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएका छन्।’
महामन्त्री थापाले संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई पनि नभएको बताएका छन्। उनले भनेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन।’ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।
— Gagan Thapa (@thapagk) February 8, 2022